तिल गाउँका बासिन्दाहरुको उद्धार गर्न सांसद भोटेको माग
२०८२ जेठ ६ गते

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद छिरिङ डम्डुल लामा भोटेले हुम्लाको लिमी उपत्यकास्थित तिल गाउँका बासिन्दाहरुको उद्धारमा विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
उनले त्यहाँका स्थानीयहरुको जीवन कष्टकर बनिरहेको र जाने ठाउँ पनि नभएकाले सरकारले समयमै उचित कदम चाल्नुपर्ने बताए ।
तत्काल आपत्कालीन बैठक बसेर आवश्यक कदम चाल्न उनको आग्रह छ । विशेष प्याकेज तयारी गरेर हुम्ला जिल्लाबाट हिमाल बचाउ अभियान शुरु गर्न माग पनि गरे ।
सांसद भोटे हिमाल केन्द्रित योजना बनाउन उनले माग गरे ।
२०८२ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित








