संसदका मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न सांसद लामाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले संसदमा काम गर्ने मर्यादापालकहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् ।

उनले सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म सांसदहरुको सुरक्षाका लागि बस्ने गरेपनि सरकारले खाजा र भत्ताको व्यवस्था नगरेको गुनासो गरे ।

उनले भनिन्– ‘यहीँ उभिरहनुभएका मर्यादापालकहरुको समस्या सुनुवाई गरोस् । सदन सञ्चालनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने मर्यादापालकहरु बिहान ७ बजेदेखि बेलुकासम्म हाम्रो सुरक्षाको निम्ति खटिरहनु हुन्छ । तर उहाँहरु न आवाज बनेर आफ्नो आवाज बुलन्द पार्न सक्नुहुन्छ, न आन्दोलनमा जान नै सक्नुहुन्छ । तर सरकारले उहाँहरुलाई खाजा र भत्ताको व्यवस्था गरेको छैन । आन्दोलन नगरि सुरक्षा दिइरहनुभएका उहाँहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले आन्दोलन नगरि सुरक्षा दिइरहेका उनिहरुलाई पोषणयुक्त खाना र खाजाको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =