निकुसर डान रोमानियाका नयाँ राष्ट्रपति निर्वाचित

रोमानिया । देशको स्थायी निर्वाचन प्राधिकरणद्वारा सार्वजनिक अन्तिम नतिजाअनुसार बुखारेस्टका मेयर तथा स्वतन्त्र उम्मेदवार निकुसर डान रोमानियाको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न दोस्रो चरणको मतदानमा उनले एलायन्स फर द युनियन अफ रोमानियान्सका नेता जर्ज सिमियनलाई पराजित गरेका हुन् ।

डानले कुल ५४.१७ प्रतिशत मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी सिमियनले ४५.८३ प्रतिशत मत प्राप्त गरे । यस निर्वाचनलाई विशेष रूपमा महत्त्वका साथ हेरिएको थियो, किनभने २०२४ मा सम्पन्न राष्ट्रपतिको नियमित निर्वाचन विदेशी हस्तक्षेप र चुनावी अनियमितताको गम्भीर आरोपबीच रद्द गरिएको थियो ।

५५ वर्षीय डानले चुनावपछिको सम्बोधनमा रोमानियामा कानूनको शासन मजबुत पार्ने, युक्रेनलाई सैन्य तथा कूटनीतिक सहयोग निरन्तर जारी राख्ने र पश्चिमी मुलुकहरूसँग रोमानियाको सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिवद्धता जनाए । दोस्रो चरणमा विजयी भए पनि पहिलो चरणमा भने डान सिमियनभन्दा धेरै पछि थिए । मे ४ मा सम्पन्न पहिलो चरणको मतदानमा सिमियनले ४०.९६ प्रतिशत मत ल्याएका थिए भने डानले २०.९९ प्रतिशत मात्र मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + three =