समयमै किसानलाई मलखाद उपलब्ध गराउन सांसद केसीको माग

काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले समयमै किसानलाई मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

५ अर्ब ६७ करोड रुपैयाँ कृषि कोल्ड स्टोरको नाममा गएका अनुदानको अनुसन्धान र छानविन गरी जवाफ दिन सरकारसँग आग्रह गरेका हुन् ।

उनले हरेक वर्ष झन्डै साढे ७ लाख मेट्रिक टन मलखादको आवश्यकता हुने गरेको भएपनि आवश्यक मल अझै नआइसकेको भन्दै आपत्ति जनाए ।

उनले समयमै मलखाद नपाउँदा किसानलाई बढी मर्का पर्ने बताए । उनले अहिलेको कृषि बजेट पर्याप्त नरहेको पनि बताए ।

सांसद केसीले बजेटको निरन्तरतामा पक्षपात नगर्न आग्रह गरे । कृषि विकास राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =