संसदबाटै जनतामा निराशाको सञ्चार गरियो : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदबाटै जनतामा निराशाको सञ्चार हुने गरेको भन्दै आपत्ति जनाएका छन् ।

सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक बर्तौलाले संसदको तेजोबध गर्नेगरि संसद नीरश रहेको अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले जनतामा निराशाको सञ्चार बढिरहेपनि सरकार भने निराशालाई आशामा परिणत गर्न लागिरहेको बताए । ‘वर्तमान समयमा सरकारको सन्दर्भमा बोलिने अभिव्यक्तिहरु हामी हेर्छौं । निराशाको सञ्चार संसदबाटै गरिएको छ । संसदको तेजोबध गर्नेगरि संसदबाटै निरश अभिव्यक्तिहरु आउने गरेका छन्’ उनले भने ।

उनले नागरिकको भरोसा टुटाउनेगरि प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाए । दुई राजनीतिक दल मिलेर बनेको सरकारले काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै आपूm सत्तामा भएको भए जादुगरले जसरी काम गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ थियो ।

उनले भने– ‘सबैभन्दा बढी बोल्ने सांसदहरुबाट नै त्यस्ता अभिव्यक्तिहरु आउने गरेको छ । प्रायोजित ढंगबाट राज्यका अंगहरु, राज्यकै महत्वपूर्ण संस्थाहरुमाथि नागरिकको भरोशा टुटाउने, कमजोर बनाउने त्यो बदनियतसाथ प्रायोजित प्रयत्नका आधारबाट पनि यस्ता अभिव्यक्तिहरु आइरहेका छन् भन्नेतर्फ सिंगो सदन यसमा सचेत हुनुपर्छ । र, संसदको समग्र प्रभावकारितामा सिंगो सदन, सबै राजनीतिक पार्टीहरु, सबै संसदीय दलका सदस्यहरु जिम्मेवारी बोधका साथ जिम्मेवार बन्नुपर्छ ।’

उनले जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकालेजस्तै जादुवाला नम्बर भएकाहरुबाट यस्ता अभिव्यक्ति सुनिरहेको भन्दै त्यो क्षणिक भ्रम भएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =