नेपाली बजारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज (सोमबार) सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =