बलेको बत्तिमुनि बसेर बिजुली गयो भन्ने न्यारेटिभ बनाइयो : विष्णु रिमाल
२०८२ जेठ ४ गते

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइएको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई सामाजिक सञ्जालबाट हौसला दिँदै उनले यस्तो बताएका हुन् । उनले बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइएको बताए ।
शाक्य प्राधिकरणमा आएपछि लोडसेडिङ बढेको टीकाटिप्पणी भइरहेका छन् । तर, रिमालले भने फेसबुकमा स्टटास लेख्दै शाक्यलाई हौसला दिएका छन् ।
‘तपाईँ नेपाल विद्युत् प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईँ काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पु¥याउन सकिन्छ भन्नेमा इमानदार पनि हुनुहुन्छ’, रिमालले भनेका छन् ।
२०८२ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित








