पत्रकार खेम भण्डारीलाई १ महिना कैद र १० हजार जरिवानाको फैसला

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई गाली बेइज्जतीको मुद्दामा एक महिना कैद र जरिवाना तोकिएको छ ।

कञ्चनपुर जिल्ला अदालतले गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले मानसखण्ड दैनिकका सम्पादक भण्डारीलाई दोषी ठहर गर्दै कैदको फैसला सुनाएको हो ।

भण्डारीलाई गाली बेइज्जतीको कसुरमा १ महिना कैदको फैसला भएको हो । साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउने फैसला भएको छ ।

कन्चनपुरकी नाबालिका निर्मला पन्त बलात्कार–हत्या प्रकरणका विषयमा पत्रकार भण्डारीविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर भएको थियो ।

निर्मला हत्या प्रकरणमा समाचार लेख्ने क्रममा तथ्यहीन आरोप लगाएको भन्दै भण्डारीलाई दोषी ठहर गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 11 =