देशमा अस्थिरता सिर्जना गर्ने को ? देख्न गाह्रो, देख्यो भने भन्न गाह्रो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अहिलेसम्म ५ वर्षको कार्यकाल कसैले पनि पूरा गर्न नसकेको बताए । उनले डेमोक्रेसी सिस्टमलाई फङ्सनमा कसरी लैजाने रु डेमोक्रेसीलाई फङ्सनेबल कसरी बनाउने ? डेमोक्रेटिक सिस्टमलाई डेमोक्रेटिक सिस्टमलाई प्रोसेसमा हालेर कसरी लैजाने ? भन्ने कामहरु ६९ वर्ष पहिला टंकप्रसाद आचार्यले गर्नुभएको स्मरण गरे ।

देशमा अस्थिरता सिर्जना गर्नेहरूको नाम भन्दा ठूलो विपद् आउने डर रहने बताए ।

प्रधानमन्त्री ओलीले भने ‘डेमोक्रेसी सिस्टमलाई फङ्सनमा कसरी लैजाने रु डेमोक्रेसीलाई फङ्सनेबल कसरी बनाउने ? डेमोक्रेटिक सिस्टमलाई डेमोक्रेटिक सिस्टमलाई प्रोसेसमा हालेर कसरी लैजाने ? ती कामहरु टंकप्रसाद आचार्यले गर्नुभयो । त्यस यता यी ६९ वर्षमा कति वटा सरकार फेरिए होला, कति वटा प्लानिङ कमिसन फेरिए होला ? ५ वर्ष कहिल्यै कसैले नपुर्याएको देश हो यो । पाँच वर्षका लागि काम गर्दै जाँदा कहीँ सकेन पछार्न भने अदालतमा लगेर पछार्छ । त्यहाँ लगेपछि त जवाफ नै दिन नपाउने । नो एन्सर । अब तँलाई पछार्ने भनेपछि हस हजुर । यो अस्थिर देशमा कति वटा प्लानिङ कमिसन भए होलान् । कहाँबाट इन्स्टेबिलिटी सिर्जना गरिन्छ, को हो इन्स्टेबिलिटी सिर्जना गर्ने ? को छ पछाडि ? देख्न बुझ्न गाह्रो । देख्यो, बुझ्यो भने भन्न गाह्रो । झन् ठूलो विपद् आइपर्ला भन्ने डर ।’

प्रधानमन्त्री ओलीले स्थिर सरकार भए मात्रै योजनाबद्ध रुपमा विकास गर्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 15 =