‘निजामती विधेयकमा उदासीनता अनि भूमि विधेयकमा किन हतारो ?’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले सरकारले शिक्षा र निजामती कर्मचारी विधेयकमा सरकारले उदासीन देखाएको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद घर्तीले आपत्ति जनाएका हुन् । उनले निजामती विधेयकमा उदासीनता र भूमि विधेयक चाहिँ छिटो पारित गराउन किन हतारो भएको सरकारलाई रु भन्दै प्रश्न गरे । उनले सरकारले शिक्षक महासंघसँग गरेको सम्झौताअनुसार शिक्षा विधेयकलाई समेत अगाडि नबढाएको आरोप लगाए ।
शिक्षकहरू पुनः आन्दोलन गर्ने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकारको ध्यानाकर्षण गराए । उनले प्रशासनिक संघीयतालाई कार्यान्वयन गराउन आवश्यक पर्ने निजामती ऐन पारित गर्न नसक्दा प्रदेश र स्थानीय तहले कर्मचारीको अभाव झेलिरहेको बताए ।
उनले भने ‘शिक्षक आन्दोलन भर्खरै सम्पन्न भएको छ । सरकारले सम्झौता समेत गरेको छ । यो सम्झौता अनुसार शिक्षा विधेयक कहिले आउने हो रु शिक्षकहरूले सरकारले आफूलाई धोका दिएको भन्दै पुनः आन्दोलित हुने अवस्था छ । यसको बारेमा सरकारले के सोचेको छ । त्यसैगरी निजामती विधेयकमा एक किसिमको उदासीनता र भूमि विधेयकमा चाहिँ छिटो पारित गराउन हतारो किन भएको सरकारलाई रु प्रशासनिक संघीयतालाई कार्यान्वयन गराउनको लागि आवश्यक पर्ने निजामती ऐन हामीले अहिलेसम्म पनि पारित गराउन सकिरहेका छैनौँ । प्रदेश र स्थानयि तहमा कर्मचारी नहुँदा निजामती ऐन किन आउन सकेको छैन रु यस विषयमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
संविधान संशोधनको चर्चा चलिरहेकै बेला राजावादी शक्तिहरु सक्रिय भएको भन्दै सांसद घर्तीले कतै सरकार र राजावादीको तादम्यता मिलेको त होइन रु भन्दै प्रश्न समेत गरे ।








