सबै दलहरूले संविधान च्यात्न थाले भनेर प्रचण्डले भ्रम फैलाए : सांसद रिजाल

काठमाडौँ । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले प्रमुख प्रतिपक्ष दलले जनतामा भ्रम छर्ने काम गरेको आरोप लगाएका छन् ।

लोकतन्त्रमा जे गरेपनि हुन्छ भन्ने किसिमले अराजक भएर लोकतन्त्रको अभ्यास गर्ने मान्यता विकसित भएको जिकिर गरे । बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले । जनताको प्रतिनिधि भएर जनतालाई भ्रम छर्ने किसिमको भुमिका निभाउने काम प्रमुख प्रतिपक्षले गरेको भन्दै आपत्ति जनाए ।

उनले प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहालले संविधानमा माओवादी र प्रचण्ड मात्रै देख्ने गरेकाले राजनीतिक दलहरूले नै संविधान च्यात्न थाले भनेर भ्रम फिँजाउने गरेको बताए ।

सांसद रिजालले भने ‘लोकतन्त्र जे गरेपनि हुने, एक किसिमले अराजक भएर लोकतन्त्रको अभ्यास गर्दा पनि हुने मान्यताहरू हाम्रो डेभलवप भएको छ । जनताको प्रतिनिधि भएर जनतालाई भ्रम छर्ने किसिमको भुमिका निभाउने गरेका छौँ । त्यो सन्देश जनतालाई दिने गरेका छौँ । प्रमुख प्रतिपक्ष दलको नेताले संविधानलाई देखाएर के भन्नुहुन्छ भने, अब यो संविधान त च्यात्न थाले सबै दलहरूले । किनभने यहाँ जता हेर्दा पनि प्रचण्ड र माओवादी मात्रै देख्छन्, यो च्यात्न थालेका छन् भन्ने गलत सन्देश दिनुहुन्छ, त्यो बिलकुल होइन । २०६४ सालमा माओवादी जताततै थियो, त्यो बेलामा संविधान मानेको भए मान्न सकिन्थ्यो, २०७० सालमा त माओवादी कतै कतै मात्रै भयो, संविधानमा पनि कतै कतै छ । यहाँ सबै दल छन्, जनताका प्रतिनिधि सबै छन् ।’

सांसद रिजालले जनतामा चिन्ता पैदा हुने सन्देश नदिन प्रतिपक्ष दलहरूको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =