ट्राफिक प्रहरीले सहायक हवलदारलाई सडकमै हाने थप्पड
२०८२ वैशाख ३१ गते

काठमाडौं । नेपालमा सुरक्षा निकायका कर्मचारीहरूले कुटपिट गरेका घटना नयाँ होइनन् ।
नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतका सुरक्षा निकायमा कर्मचारीहरूले सर्वसाधारणलाई कुटपिट गरेका घटना सार्वजनिक भइरहन्थे ।
तर, आज बुधवार भने सुरक्षा निकायकै कर्मचारीले सुरक्षा निकायकै कर्मचारीलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
ट्राफिक प्रहरीका इन्स्पेक्टरले नेपाल प्रहरीका एक सहायक हवलदारलाई कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।
घटना नागढुंगाको हो । भिडिओमा देखिए अनुसार इन्स्पेक्टरले हवलदारलाई थप्पड हानेको देख्न सकिन्छ । घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ ।
२०८२ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








