स्मार्ट च्वाईस टेक्नोलोजिज र सालपा विकास बैंक बिच एससीटी–यूपीआई कार्ड जारी गर्ने सम्झौता
२०८२ वैशाख ३१ गते

काठमाडौँ । स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंकको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त विकास बैंक सालपा विकास बैंक लिमिटेडबिच एससीटी–यूपीआई कार्ड जारी गर्नका लागि सम्झौता भएको छ ।
गत वैशाख २३ गते स्मार्टच्वाईस टेक्नोलोजिजको कार्यालयमा आयोजित कार्यक्रममा स्मार्ट च्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र सालपा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत योगेन्द्र पुनले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात् सालपा विकास बैंकका ग्राहकहरूका लावि कार्ड जारी गर्ने प्रक्रिया सुरु गरिएको र ग्राहकहरूले आउने दिनहरूमा सजिलै बैंकबाट आफ्नो लागि एससीटी–यूपीआई कार्ड लिन सक्ने प्रयत्न गरिएको स्मार्ट च्वाईस टेक्नोलोजिजले जनाएको छ ।
२०८२ वैशाख ३१ गते
प्रतिक्रिया








