निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव छैन : सांसद ढुंगाना

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन सम्भव नरहेको बताएका छन् ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोच नराख्न पनि आग्रह गरे । निर्वाचन प्रणाली नभई आफ्नो सोचमा परिवर्तन गर्न आग्रह गरे । उनले बाँडफाँडको आधारमा नभई शक्तिको आधारमा सरकारका निकायहरूमा व्यक्तिहरूको भर्ना हुने गरेको बताए । उनले संसदीय व्यवस्था स्वीकार गर्नुको विकल्प नरहेको बताए ।

उनले भने ‘अहिले जुन संसदीय व्यवस्था स्विकारेर हामी आएका छौँ । म स्पष्ट गर्न चाहन्छु । संसारमा हिटलर कहाँबाट आयो । हिटलर पनि निर्वाचित भएर आएको होइन र ? हामीले भोलि राष्ट्रपतिको निर्वाचनको कुरा हामी गर्छौं, राष्ट्रपतिको निर्वाचन भयो भने त्यो हिटलर बन्न सक्दैन । निर्वाचन प्रणालीबाट मात्रै परिवर्तन हुन्छ भन्ने सोचेका छौँ भने त्यो सम्भव छैन । हाम्रो नियतमा परिवर्तन हुनुपर्छ ।’

सांसद ढुंगानाले आफूले गरेको सबै ठिक र अरुले गरेको सबै काम बेठिक भन्ने सोच राख्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + two =