सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छ : उमेश श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले तीन वटै सरकारले वातावरण सिर्जना गरिदिए समृद्धिको बाटोमा जानसक्ने आधारहरू रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा धेरै सम्भावना रहेको बताए । देशमा ७/८ वटा केही विषयहरूलाई मात्रै प्राथमिकता राख्ने हो भने पनि आगामी दश वर्षमा कायापलट हुने विश्वास व्यक्त गरे । उनले सबैभन्दा बढी स्रोत ल्याउने हाइड्रोपावर क्षेत्रलाई सरकारले पहिलो प्राथमिकता दिनुपर्ने बताए । उनले पर्यटन, कृषि, आइटी, स्वास्थ्य, शिक्षा, वन्य जन्य जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

पूर्व मन्त्री समेत रहेका श्रेष्ठले नेपाल प्राकृतिक स्रोतहरूको धनी देश भएको बताउँदै पानी मात्रै बेच्न सके पनि आम्दानी हुने जिकिर गरे । उनले सङ्घ, प्रदेश र स्थानीय तहले लगानीको वातावरण सिर्जना गरे मात्रै यो सम्भव हुने धारणा राखे । उनले केन्द्रले प्रदेशलाई र प्रदेशले स्थानीय तहलाई अधिकार नदिएको बताउँदै हातखुट्टा बाँधेर कुनै प्रगति गर्न नसकिने बताए ।

उनले भने ‘केन्द्रदेखि प्रदेशदेखि अधिकार नै दिँदैन तल, कसरी काम हुन्छ रु हातखुट्टा बाँधेर कुनै प्रगति हुनसक्छ रु माथिदेखि तल जति डेलीभर ग¥यो, अनि बल्ल देश बन्छ । जति डेलीभर गर्यौ, त्यसको रिजल्ट हेर्ने हो । कम्पिटिसन गराउने हो । यो चिजमा हामी लाग्नुपर्छ । छलफल गरौँ । देशमा धेरै सम्भावना छ । ७–८ वटा चिजहरूमा मात्रै हामीले फोकस गर्यौ भने देश १० वर्षमा कायापलट हुन्छ । सबैभन्दा पहिलो हाइड्रोपावर बन्न दिनुपर्यो यहाँ । सबैभन्दा स्रोत ल्याउने त्यो हो । टुरिजम सेक्टर त्यस्तै छ, कृषि क्षेत्र त्यस्तै छ, आइटी, हेल्थ, एजुकेसन, वन जङ्गल जडीबुटी त्यस्तै छ, नेचुरल रिर्सोसहरु यति धेरै छ हामीसँग पानी मात्रै बेच्यौँ भने हामीसँग कति पैसा छ । तर, वातावरण बनाइदिनुपर्छ । चाहेँ स्थानीय तहले बनाऊ, चाहेँ प्रदेशले बनाऊ, चाहेँ सङ्घले बनाऊ । यो वातावरण बन्यो भने मात्रै हामी समृद्धिको बाटोमा जानसक्छौँ ।’

उनले सङ्घ, प्रदेश र स्थानीय तहदेखि सोच र मानसिकता परिवर्तन गर्नुपर्ने बताउँदै स्रोतलाई बढीभन्दा बढी परिचालन गर्नेमा सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =