भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रश्तुत भएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रश्तुत गरेका हुन् ।

त्यसअघि सांसद प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि बिरोधको सूचना दिएका थिए ।

सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले हाउजिङ कति जग्गामा सञ्चालन गर्न पाउँछ भन्नेकुरा विद्यमान कानूनले स्पष्ट गरेको बताए ।

हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरुले नम्बरी जग्गा किन्न पाउने बताए ।

साथै बनाउन दिने अधिकार पनि दिएको बताए । किन्न, बनाउन र बेच्न दिने अधिकार अघिल्लो कानूनमा रहेको र पछि सूचित आदेश बनाउँदा छुटेकाले अहिले जोडेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =