कुर्दिश पीकेकेको आत्मसमर्पण आतंकवाद विरुद्धको लडाईंमा प्रमुख कोशेढुङ्गा : रेसेप तैयप एर्दोगान
२०८२ वैशाख ३१ गते

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) द्वारा गरिएको आत्म–विघटन घोषणालाई आतंकवाद विरुद्धको टर्कीको दशकौं लामो द्वन्द्वमा एक प्रमुख कोशेढुङ्गा भएको बताएका छन् ।
टर्कीलाई आतंकवादमुक्त देश बनाउने प्रक्रियामा अर्को महत्वपूर्ण सीमा पार गरेको उनको भनाइ छ । एर्दोगानले टर्कीका गुप्तचर र अन्य राज्य संस्थाहरूले कुनै पनि सुरक्षा कमजोरी रोक्न समूहको विघटन प्रक्रियालाई नजिकबाट निगरानी गर्ने बताए ।
टर्कीले नियमित रूपमा उत्तरी इराकमा पिकेके विरुद्ध सीमापार सैन्य कारबाही सञ्चालन गर्दै आएको छ ।
२०८२ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








