देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । बुधवार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणता बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने, पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा वर्षा भएको अभिलेख छ ।

आज मकवानपुरको भोर्लेनी केन्द्रमा ५६.२, इलामको सोक्तिम चिया बगानमा ४५.२, ताप्लेजुङको दोभानमा ३८, सुनसरीको चतरामा ३६, मोरङको हरैचामा २४.८, स्याङ्जाको स्याङ्जामा ४४.६, आँधिखोलामा २२.६ पञ्चमूलमा २५.२, पर्वतको कार्किनेटामा २५.२ मिलिमिटर वर्षा भएको छ ।

महाशाखाको अनुसार, बुधवार दिउँसो कोसी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणता बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बुधवार राति कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणता बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ ।

राति कोसी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 9 =