जनमत पार्टीकी सांसद गीता गुरुङले त्यागिन पद, यस्तो छ कारण

काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।

जनमत पार्टीकी समानुपातिक सांसद गुरुङले पदबाट राजीनामा दिएकी हुन् ।

उनले जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको बताएकी छन् ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

उनले सभामुखलाई राजीनामा पत्र पठाइ सकेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + two =