टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : काँग्रेस सांसद गिरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट) लाई राजनीतिक दलहरूले चुनाव जित्ने भर्याङको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् । उनले सधैँ नीति तथा कार्यक्रममा विमानस्थलको स्तरोन्नति गर्ने भनिए पनि काम अगाडि नबढाएको भन्दै आपत्ति जनाए ।

उनले अगामी आर्थिक वर्षको बजेटमा विमानस्थलको स्तरोन्नतिको लागि तीन अर्ब ४२ करोड रुपैयाँ विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए । उनले देशकै दोस्रो पुरानो विमानस्थल टरिगाउँ विमानस्थललाई नेपालगन्ज र सुर्खेत विमानस्थलको विकल्पको रुपमा समेत प्रयोग गर्न सकिने बताए । उनले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको विमानस्थल स्तरोन्नति गर्ने विषय नाटकीय ढंगले नहराओस् भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने ‘अस्ति भर्खरै नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा दाङ एयरपोर्ट बन्नेछ भन्दा हामीले ताली बजाएका छौं । फेरि त्यो कुरा नाटकीय ढंगले नहराओस् । नेपालगन्ज र सुर्खेत विमानस्थलमा मौसम खराब भयो भने पनि त्यो विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । त्यसका लागि धेरै ठुलो रकम पनि छैन । तीन अर्ब ४२ करोड विनियोजन हुनुप¥यो । म अर्थमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

दाङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद गिरीले विगतदेखि नै निरन्तर आवाज उठाउँदै आएपनि प्रभावकारी ढंगले काम अगाडि नबढेकोप्रति असन्तोष व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =