सभामुखले थाले शीर्ष दलका प्रमुख सचेतकसँग संवाद, संसदको कार्यसूची मुख्य एजेन्डा

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन् । उनले बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा छलफल सुरु गरेका हुन् ।

बैठकमा संसदमा आगामी दिनमा पेश गरिने विधेयक र कार्यसूचीबारे गम्भीर छलफल भइरहेको संसद सचिवालयले जानकारी दिएको छ । संसदको प्रभावकारी सञ्चालन र सरकारको नीति तथा कार्यक्रममा सहमति जुटाउन प्रमुख सचेतकहरूको राय संकलन गर्न सभामुखले छलफल आयोजना गरेका हुन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरासिया पनि सहभागी रहेका छन् । उनकाे उपस्थितिले छलफललाई अझ औपचारिक र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय संसदको कार्यसम्पादनलाई लिएर विभिन्न दलहरूबीच मतभेद देखिइरहेका बेला सभामुखद्वारा गरिएको यो संवादले दलहरूबीच सहकार्य र सहमतिको वातावरण बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । सभामुख घिमिरेले प्रतिनिधिसभालाई सुचारु र सन्तुलित ढंगले अगाडि बढाउन समय-समयमा दलहरूसँग परामर्श गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =