शिव सेना नेपाल अध्यक्ष अनिल बस्नेतविरुद्ध म्याद थप

काठमाडौं । तीनकुनेमा भएको राजावादी आन्दोलनको क्रममा देखिएको हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध अदालतले थप दुई दिनको म्याद दिएको छ ।

आइतबार सुकेधाराबाट पक्राउ परेका बस्नेतलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानका लागि अदालतमा पेश गरेपछि दुई दिनको म्याद थप गरिएको प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए । मोरङको विराटनगर महानगरपालिका-३ स्थायी घर भएका ४७ वर्षीय बस्नेत ‘अनिल बाबा’का नामले पनि चिनिन्छन् ।

प्रहरीका अनुसार, १५ चैतमा काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडमा बस्नेतको संलग्नता पुष्टि भएको छ । उनीविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको छ भने अनुसन्धानको क्रममा अन्य अभियोग खुल्ने सम्भावना रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =