शिव सेना नेपालका अध्यक्ष बस्नेत सुकेधाराबाट पक्राउ

काठमाडौँ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।

चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा बस्नेतलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले अध्यक्ष बस्नेतलाई काठमाडौँको सुकेधाराबाट आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले उनिमाथि आवश्यक अनुसन्धान थालेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =