कोइला लोड ट्रक दुर्घटना हुँदा नारायणघाट-मुग्लिन सडक अवरुद्ध
२०८२ वैशाख २८ गते

चितवन । नारायणघाट-मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा कोइला लोड गरिएको ट्रक अनियन्त्रित भई पल्टिएको छ । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकमै पल्टिएपछि उक्त खण्डमा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको हो ।
ट्रकमा कोइला लोड गरिएको थियो । दुर्घटनापछि लामो दूरीका यात्रुहरू, साना सवारी तथा मालवाहक गाडीहरू बाटोमै रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरूलाई कठिनाइ भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रक हटाउने प्रयास जारी रहेको छ । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ भने कुनै मानवीय क्षति भएको या नभएकोबारे यकिन विवरण सार्वजनिक गरिएको छैन ।
२०८२ वैशाख २८ गते
प्रतिक्रिया
सम्बन्धित








