प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संसद भवन, नयाँबानेश्वरमा बस्दैछ। बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसदको संयुक्त अधिवेशनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।
छलफलपछिको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने छन्। बैठकमा विभिन्न सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावहरू पनि निर्णयार्थ प्रस्तुत गरिनेछ।
सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सदनमा निर्णयार्थ प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रमको पारितिसँगै आगामी वर्षको विकास, सुशासन, पूर्वाधार, सामाजिक सेवा लगायतका प्राथमिकताहरू तय हुने अपेक्षा गरिएको छ।
यसैबीच, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव (कर प्रस्ताव बाहेक) छलफलका लागि संसदमा पेश गर्ने कार्यसूची रहेको छ ।








