साउदी अरबका विदेशमन्त्रीले गरे भारत र पाकिस्तानसँग कुराकानी, के भयो कुरा ?

एजेन्सी । साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले भारत र पाकिस्तान दुवै देशका विदेशमन्त्रीहरूसँग फोनमा कुराकानी गरेका छन् ।

उनले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री इशाक डारसँग भारत र पाकिस्तानबीच जारी सैन्य टकराव अन्त्य गर्ने र तनाव कम गर्ने प्रयासहरूबारे छलफल गरेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

पाकिस्तानको विदेश मन्त्रालयले आफ्नो बयानमा भनेको छ, ‘इशाक डारले उनलाई हिजो राति भारतले गरेको आक्रमणपछि क्षेत्रको वर्तमान अवस्था र त्यसको प्रतिक्रियामा पाकिस्तानको कारबाहीको बारेमा जानकारी गराएको छ ।’

‘साउदी विदेशमन्त्रीले निर्दोष जीवनको क्षतिमा समवेदना व्यक्त गर्नुभयो र पाकिस्तानको संयमी र सन्तुलित प्रतिक्रियाको कदर गर्नुभयो । दुवै नेताहरूले सम्पर्क कायम राख्न सहमत भए ।’

यद्यपि, साउदी अरबको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विदेशमन्त्रीले कसैको मृत्युको बारेमा केही भनेको उल्लेख छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =