दलित माथिको विभेद अन्त्य आवश्यक : मन्त्री चौरसिया


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले विवेक र चेतना पु¥याएर दलितमाथिको विभेद अन्त्य गर्नुपर्ने बताएका छन् ।
शुक्रवार ६७ औँ कानून दिवसको अवसरमा दलित लाइभ म्याटरले आयोजना गरको ‘जस्टिक समिट २०२५’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कानूनी कारबाहीले मात्रै दलितमाथिको विभेद अन्त्य नहुने बताए ।
समाजका अन्य वर्गले समानताको व्यवहार गरे मात्रै जातीय विभेद अन्त्य हुनसक्ने उनको भनाइ छ ।
उनले नयाँ संविधान निर्माण भएसँगै छुवाछुत लगायत लैंगिक विभेद अन्त्य गर्न धेरै प्रयास भएपनि निर्मूल पार्न नसकिएको बताए । उनले संविधानमा उल्लेखित दलित तथा मौलिक अधिकारका बारेमा कानून निर्माण गर्न अध्ययन भइरहेको बताए ।
मन्त्री चौरासियाले दलित समुदायसँग सम्बन्धित सवालहरुमा सरकार गम्भीर रहेको बताए । सरकारले छुवाछुत र जातीय विभेद अन्त्य गर्न नीतिगत र कानूनी प्रतिवद्धता व्यक्त गरेको उनको भनाइ छ ।
उनले दलितमाथिको विभेद अन्त्य नभइ लोकतान्त्रिक व्यवस्तालाई बलियो बनाउन नसकिने बताए ।
