पाकिस्तानमा रहेका नेपाली विद्यार्थीले कुनै सहयोग आवश्यक परे सम्पर्क गर्नू : सरकार
२०८२ वैशाख २६ गते

काठमाडौँ । सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ पूर्णरुपमा सचेत रहेको बताएको छ ।
शुक्रवार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो ।
त्यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जानकारी दिएको छ।
विज्ञप्तिमा यसै सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने बताइएको छ ।

२०८२ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित








