नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्वीप
२०८२ वैशाख २६ गते

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
वैशाख २८ गते प्रतिनिधि सभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्माणार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
उक्त बैठकमा अनिवार्य सहभागी भई नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको मुख्य सचेतक महेश कुमार बर्तौलाले जानकारी दिए ।

२०८२ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित








