भारतमा हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीवार उडान गरिरहेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

अन्य दुई जना घाइते भएका छन् । गंगा नदीको उद्गमस्थल गंगोत्री तर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरू पर्यटक रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ । मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =