आतंकवादबिरुद्ध भारतीय दुतावास अगाडि प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आतंकवादबिरुद्ध प्रदर्शन गरेको छ ।

शुक्रवार काठमाडौंस्थित भारतीय दुतावास अगाडि प्रदर्शन गरिएको हो ।

उनीहरुले शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्, पराजित केबल मानवता हुने गर्दछ, आतंकवाद सदैव निन्दनीय छ र सिन्धु जल सम्झौता निलम्वन गर्नु कति मानवीय छ ? भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र, नेपालको लोकतन्त्रबिरुद्ध पनि कतैबाट षड्यन्त्र नहोस् लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

यस्तै भारत र नेपालबीच नागरिस्तरको प्रगाढ सम्बन्ध गर्वको विषय हो, अतिवाद र आतंकवादबाट पीडित पाकिस्तान स्वयंले आतंकवादलाई अंगालो किन हालेको ? अतिवाद र आतंकवाद मानवताका शत्रु हुन्, आतंकवाद सदैव निन्दनीय छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *