सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं । कारोबार साताको अन्तिम दिन नेपाली सुन बजारमा उल्लेखनीय गिरावट आएको  छ । शुक्रबार सुनको मूल्य प्रतितोला १,४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १,९०,६०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा कम हो । बिहीबार सुन प्रतितोला १,९२,२०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज केही वृद्धि भएको छ । महासङ्घका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १,९६० रुपैयाँ पुगेको छ, जुन बिहीबारको तुलनामा ५ रुपैयाँले बढी हो । बिहीबार चाँदीको मूल्य प्रतितोला १,९५५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *