कुष्ठरोगको उपचारका लागि आवश्यक जनशक्ति छैन : निर्देशक झा

काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले कुष्ठरोगको उपचारका लागि जनशक्तिको अभाव रहेको बताएका छन् ।

नेपालमा कुष्ठरोगको उल्मुलन तथा कुष्ठरोग प्रभावित व्यक्तिमाथि हुने भेदभाव विरुद्धको दुई दिने राष्ट्रिय सम्मेलनको उद्घाटनपछिको पत्रकार सम्मलेनका क्रममा बोल्दै उनले नेपालमा छाला सम्बन्धी रोगको उपचार गर्ने जनशक्ति अभाव रहेको बताएका हुन् ।

उनले छाला विशेषज्ञहरुको दरबन्दी पुरानै रहेको र दरबन्दीअनुसार पहिला अञ्चल अस्पतालमा मात्रै डर्मिटोलोजिस्टहरुको दरबन्दी रहेको बताए ।

दरबन्दी थप्ने काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नभएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालएको भएकाले मन्त्रालयले बिस्तारै दरबन्दी थप गरेपनि पर्याप्त नरहेको बताए ।

सबै ठाउँमा दरबन्दी पठाउन नसकेको स्वीकार गरे । कुष्ठरोग उल्मुलनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारी, प्रभावित व्यक्तिलाई राज्यबाट प्रदान गरिने सेवा सुविधा, संरक्षणका लागि विद्यमान नीति, कानूनी पाटोकाबारे पनि सम्मेलनमा गहन छलफल हुने बताइएको छ ।

मानिसको छालामा फुस्रो दाग देखिने र वरिपरिको भागलाई नष्ट गर्ने कुष्ठ रोग समयमै पहिचान र उपचार नभए व्यक्ति अपाङ्ग हुने सम्भावना रहने चिकित्सकहरुको भनाइ छ ।

नेपालमा प्रत्येक बर्ष करिव २ हजार ८ सय ६७ वटा कुष्ठ रोगका नयाँ विरामी दर्ता हुने गरेको तथ्याङक छ ।

हाल नेपालमा करिव २ लाखको संख्यामा कुष्ठरोगका बिरामी रहेकामा करिव ३० हजार अपाङ्गताको अवस्थामा रहेको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *