ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ ।

यस सुविधा पश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट acquire पनि गर्न सक्नेछ र बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैङ्कहरूबाट जारी भएको VISA र MasterCard  मार्फत भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

NCHL र ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवर्द्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको जानकारी दिएको छ । यस पेमेन्ट गेटवले दुवै Domestic र  International पेमेन्टहरू सपोर्ट गर्ने भएकोले मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न सहज हुने जनाइएको छ ।

साथै, बैंकका अनुसार यस पेमेन्ट गेटवले 3D Secure प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउँछ र अनधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ । अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आबद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रक्रिया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सकिनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =