अप्रेशन सिन्दूर : सिंहदरवारमा सुरक्षा परिषद्को बैठक जारी
२०८२ वैशाख २४ गते

काठमाडौं । भारत–पाकिस्तान युद्ध चर्कीरहेका बेला नेपाल सरकारले सुरक्षा परिषद्को बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका हुन् । सिंहदरवारमा सुरक्षा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।
बैठकमा नेपालले लिनुपर्ने आगामी रणनीतिका विषयमा छलफल केन्द्रित रहेको स्रोतले बतायो ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी छन् ।
२०८२ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








