नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात गरेको छ : सांसद रिजाल

काठमाडौं । नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात गरेको बताएका छन् ।

बुधवर बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । उनले अहिलेको युग विज्ञान र प्रविधिको भएको बताउँदै विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अब अगाडी बढ्न नसकिने बताए ।

उनले विज्ञान र प्रविधिलाई आत्मसात् गरे मात्रै अगाडी बढ्न सकिने स्थितिमा नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात् गरेको भन्दै खुशी व्यक्त गरे । सांसद रिजालले अब नेपाललाई जमिनको सार्वभौमसत्ताले मात्रै नभएर आकाशको स्पेसमा पनि सार्वभौमसत्ता आवश्यक पर्ने बताए ।

उनले अब विज्ञान र टेक्नोलोजीतर्फ अगाडी नबढ्न नसके प्रगति हासिल गर्न नसकिने बताउँदै नीति तथा कार्यक्रममा उठाइएका कुराहरू हेर्दा ठूला देखिए पनि अहिलेको बाध्यता रहेको जिकिर गरे ।

उनले भने, ‘अहिलेको युग विज्ञान र प्रविधितर्फ पुगेको छ । विज्ञान र प्रविधिलाई आत्मसात् नगरी अब अगाडी बढ्न सकिँदैन । अहिलेको युगको उत्पादक शक्ति भनेको विज्ञान र प्रविधि हो । जसले यसलाई आत्मसात गर्छ, उ अगाडी बढ्छ । अहिलेको नीति तथा कार्यक्रमले विज्ञान र प्रविधिलाई आत्मसात गरेको छ । अब हामीलाई जमिनको सार्वभौमसत्ताले मात्रै पुग्दैन, अब आकाशको स्पेसको सार्वभौमसत्ताको पनि आवश्यक पर्छ । त्यहाँ पनि हाम्रो सम्प्रभुता चाहिने भयो । हेर्दा लाग्न सक्छ, ठूला ठूला कुरा किन उठाएको, तर बाध्यता हो । अब हामी विज्ञान र टेक्नोलोजीतर्फ अगाडी नबढी केही हुँदैन ।’

उनले नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको दाबी गर्दै यसले एकताको सन्देश दिएको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fifteen =