जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई रास्वपा सांसद कंसाकारको आग्रह
२०८२ वैशाख २४ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले लामो समय अगाडी दर्ता गरिएको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा नल्याइएको भन्दै आपत्ति जनाइन् ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने बताइरहँदा उक्त विधेयक छलफलमा नआएको गुनासो समेत गरिन् ।
उनले विधेयकलाई तत्काल सदनमा ल्याएर छलफल अगाडी बढाउन र भविष्यमा जलन पीडितको उपचार अन्योलमा नर्पान समेत सरकारलाई आग्रह गरिन् ।
मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी गैरसरकारी विधेयक गत वर्षको भदौमा प्रतिनिधि सभामा दर्ता भएको थियो ।
२०८२ वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित








