रास्वपा नेतृ संग्रौलाले भेटिन् डा.सुनिल शर्मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई भेटेकी छन् ।
उनले डा. शर्माको कार्यालयमै पुगेर भेटवार्ता गरेकी हुन् । रास्वपा सभापति रवि लामिछाने सहकारी प्रकरणमा हिरासतमा हरेका बेला उनले डा. शर्मालाई भेटेकी हुन् ।
डा. शर्माले पनि सभापति लामिछानेलाई सरकारले प्रतिसोध साँधेको भन्दै आलोचना गरिरहेका छन् । लामिछाने हिरासतमा रहेका बेला संग्रौलाले सांसद शर्मालाई भेट्नुलाई धेरैले चासोका साथ हेरेका छन् ।
नेतृ संग्रौलाले नै सांसद शर्मासँगको भेटबारे जानकारी गराएकी छन् । उनले शर्मालाई विद्रोही चेत बोकेका जनताका नेताको रुपमा व्याख्या गरेकी छन् ।
उनले सांसद शर्मासँगको भेटलाई अर्थपूर्ण भनेकी छन् । सहिलाई सही र गलतलाई गलत भन्न सक्ने विद्रोही चेत बोकेका जनताका नेता सुनिल शर्मा ज्यु सङ्गको अर्थपूर्ण भेटघाट भयो, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
उसो त नेतृ संग्रौला सांसद शर्माको प्रशंसा गरिरहन्छन् । जनताको सेवामा खटिरहने नेता भन्दै संग्रौला शर्माको तारिफ गर्छिन् ।
उनले कोरोना कालमा त सांसद शर्मालाई भगवान नै भनेकी थिइन् । कोरोना सङ्क्रमणले देश संकटमा परेका बेला सांसद शर्माले कोरोनाका बिरामीको निःशुल्क उपचार गरिदिएका थिए ।








