संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने कार्यसूची
२०८२ वैशाख २३ गते

काठमाडौं । संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।
बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको छ ।
२०८२ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित








