शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

काठमाडौं । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले सार्वजनिक शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहने बताएकी छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उक्त कुरा बताएकी हुन् ।

उनले विद्यालय शिक्षा विधेयक समितिमा आएपछि सरोकारवालाहरुसँग एक महिनासम्म छलफल गरेको बताइन् । उनले आफू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुँदा पनि विधेयकबारे संशोधनकर्ताहरुसँग छलफल गरेको बताइन् ।

‘मन्त्रीको जिम्मेबारीमा रहीरहँदाखेरि गरेको साथ र सहयोगका तथा यहाँहरुले दिनुभएको सुझाव र सल्लाहका लागि म समिति र उपसमित सबैलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’उनले भनिन्, ‘भोलिका दिनमा सिंगो शिक्षा सुधारको काममा संसदको तर्फबाट खासगरी सार्वजनिक शिक्षालगायत सिंगो शिक्षाको सुधारको गर्नका लागि क्रियाशिलता र भुमिका रही रहने छ भन्ने कुरा समितिमा जाहेर गर्न चाहन्छु ।’

संशोधनकर्ताहरुको सुझाव अनुसार नै समिति प्रदेशमा जाने निर्णय भएर उपसमिति बनेको उनको भनाइ छ । उनले विद्यालय शिक्षा विधेयक निश्कर्षमा पु¥याउने कार्यमा साथ सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =