व्यवस्थाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले सरकारले अघि सारेको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उपाध्यक्ष तामाङले सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका हुन् ।
सरकारले अगामी आर्थिक वर्षमा वर्तमान व्यवस्थाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने नीति लिएको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी गराएका थिए ।
उपाध्यक्ष तामाङले जनमतद्वारा हरेक व्यवस्थाको विकल्प खोज्न सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै सरकारको उक्त नीति संविधान विरोधी भएको टिप्पणी गरे ।
उनले सरकारले नीति र कार्यपत्रमार्फत नै फरक विचार भएका पार्टीहरुलाई दुःख दिने काम गर्न खोजेको भन्दै उहाँले त्यसो गर्न खोजिए प्रतिवादमा उत्रिने चेतावनी दिए ।
फरक विचार भएकै कारण आफ्ना विचारहरुलाई सम्मान नगरिए युद्धको थालनी गर्ने उनको चेतवनी छ ।
सबैको विचार समेट्ने गरेर राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरिनुपर्ने उहाँको धारणा छ ।








