अवैध कपडा पाल्पाबाट सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौँ । किराना सामानभित्र लुकाई छिपाई लैजाँदै गरेको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरीले पाल्पाबाट नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको भैरहवाबाट म्याग्दीतर्फ जाँदै गरेको लु. १ ख ५४५३ नम्बरको ट्रक पाल्पा जिल्लाको तानसेन नगरपालिका–१ राईडाडा स्थित सिद्धार्थ राजमार्गबाट वैशाख २१ गते राती साढे १ बजे नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा चालक फरार भएका छन् भने ट्रकका सहचालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने २० वर्षीय मिखिल पुनलाई नियन्त्रणमा लिइएको छ ।

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पाबाट खटिएको सुरक्षा फौजले बिलबिजक नभएको अवैध कपडा सहितको ट्रक नियन्त्रणमा लिएको हो ।

ट्रकमा किराना तथा खाद्यान्नका सामान भित्र १८ पोका लत्ताकपडा लुकाई छिपाई राखिएको अवस्थामा फेला परेको जनाइएको छ । ट्रकमा रहेको किराना तथा खाद्यान्न सामानको विलविजक भेटिएको छ भने लत्ताकपडाको विलविजक नभएको पाइएको छ ।

रुपन्देहीको सिद्धार्थनगर–४ गल्लामण्डी भैरहवाको प्रतीक किराना स्टोरबाट सम्झना ट्रेडर्स म्याग्दी बेनीको नाममा बनाइएको बिलबिजक सहितको किराना सामानमा लुकाएर कपडा लैजान लगिएको थियो ।

नियन्त्रणमा लिएको ट्रक र सहचालक सहित आवश्यक कारबाहीको लागि लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा बुझाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =