परराष्ट्रमा आकस्मिक डेस्क बनाएर नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गरियोस् : देवेन्द्र पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर संसारभर रहेका नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्ने सरकारसमक्ष माग गरेका छन् ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) प्रकृति लम्सालको निधनको पीडा र घाउ सेलाउन नपाउँदै अर्को घटना भएको बताए । उनले केही दिन मात्रै नेपाली विद्यार्थी प्रिशा साहको उक्त विश्वविद्यालयमा निधन भएको बताउँदै यस्ता घटनाहरू संयोग हुन वा कारण त्यसको खोजी नीति गर्न सरकारलाई आग्रह गरे ।

उनले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको लागि थप जोखिम हो÷होइन भन्ने कुरा अनुसन्धान भइरहेको छ भन्ने कुराले मात्रै नपुग्ने बताए । उनले संसारभर भएका नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग राखे ।

उनले भने ‘पहिले प्रकृति लम्सालको दुखद् निधन भयो । त्यसको पीडा र घाउ सेलाउन नपाउँदै अर्की नेपाली छात्राको निधनको दुःखद समाचारले हामी नेपालीहरू स्तब्ध भएका छौँ । भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत प्रिशा शाहको दुखद निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । दिउँसो तीन बजे आफ्ना बुबासँग सहज कुराकानी भएको थियो । तर, उहाँ जीवित हुनुभएन । झन्डै १२ सय नेपाली अध्ययनरत उक्त विश्वविद्यालयमा भएका यस्ता घटनाहरू संयोग मात्रै हुन् कि यसको पछाडि कारण लुकेको छ ? स्पष्ट खोजीनिती होस् । उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको लागि थप जोखिम हो कि होइन भन्ने कुरा अनुसन्धान भइरहेको छ भन्ने कुराले मात्रै पुग्दैन । शिक्षा र परराष्ट्र मन्त्रालयमा आकस्मिक डेस्क बनाएर सत्य तथ्यको खोज गर्दै त्यहाँ र संसारभर भएका नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्ने उचित व्यवस्था मिलाउनको निम्ति सम्बद्ध पक्षसँग सम्माननीय सभामुखमार्फत हार्दिक अनुरोध गर्न चाहन्छु ।’

उनले हिजोदेखि कक्षा १२ को परीक्षा सुरु भएको बताउँदै परीक्षा बोर्डलाई प्रभावकारी बनाउन शिक्षकहरूका समस्याहरूलाई सम्बोधन गर्नुपर्नेमा समेत जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =