मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी शुरु

काठमाडौं । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी शुरु गरेको छ ।

आईतवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले पूर्वतयारी शुरु गरेको जानकारी दिएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विगतका वर्षमा मनसुनजन्य विपद्बाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्वतयारी शुरु गरेको बताए ।

उनले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी शुरु गर्ने गरिएकोमा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी शुरु गरेको बताए ।

उनले सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरुलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको बताए ।

कार्यकारी प्रमुख भट्टले विपद्बाट बच्न क्षति न्युनिकरणका लागि स्थानीयहरुको भुमिका महत्वपूर्ण हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =