एमाले सचिवालय बैठक : बजेट ठोस र परिमाणमुखी ल्याइनुपर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकमा आगामी आर्थिक वर्षको सन्दर्भमा छलफल भएको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले बैठकमा नेताहरूले बजेट ठोस र परिमाणमुखी हुनुपर्नेमा जोड दिएको बताए ।

‘मूलतः नीति तथा कार्यक्रमले भनेजस्तै बजेट पनि ठोस र परिमाणमुखी होस् । विगतमा योजनाको छनौट स्रोतको विन्यास र योजनाको प्राथमिकतामा भद्रगोल देखिएको छ,’ उनले भने, ‘विगतमा भएको अव्यवस्थालाई चिर्दै बजेट आओस् । सङ्घीय सरकारले राष्ट्रिय स्तरका योजनामा केन्द्रित हुनुपर्ने बाँकी योजना प्रदेश र स्थानीय तहलाई दिनुपर्ने भन्ने कुरामा जोड दिइएको छ ।’

यसैगरी, बैठकले बजेट उत्पादन र उत्पादनत्वमा केन्द्रित हुनुपर्ने नेताहरूले सुझाव दिएका छन् । उपमहासचिव ज्ञवालीले कृषि क्षेत्रका सघन क्षेत्र निर्माण गरेर किसानलाई जमिन, प्रविधि, बजार र बचतमा जोड दिँदै उनीहरूको आम्दानी बढाउने र मुलुकलाई आत्मनिर्भरतामा बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने सुझाव प्राप्त भएको उनले बताए ।

उपमहासचिव ज्ञवालीले बजेटमा ‘जेन–जी’ पुस्तालाई केन्द्रमा राखेर उद्यमशीलता, उद्यममा क्रियाशील बनाउँदै जेन–जीसँगैको सहकार्यमा सूचना प्रविधिको विकासलाई अगाडि बढाउन बैठकमा छलफल भएको बताए ।

यसैगरी, बदलिँदो भूराजनीतिकले गर्दा अन्तर्राष्ट्रिय सहयोग कटौती भएको र ठेक्का लागेका योजनामा दाताहरूले हात झिक्ने अवस्थाले गर्दा सरकारको दायित्व झन् थपिने भन्दै त्यसलाई ध्यानमा राखेर योजनाको प्राथमिकता गर्न पार्टीले सरकारलाई सुझाव दिएको उनको भनाइ छ ।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकमा सुशासन, भ्रष्ट्राचार नियन्त्रण र स्रोतको अधिकतम सदुपयोगलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =