राष्ट्रिय सभामा संवैधानिक परिषद् विधेयकमाथि छलफल

काठमाडौँ । राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ माथि छलफल भएको छ ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक २०७९’ छलफलका लागि विचार गरियोस् भन्ने प्रस्तावमाथि राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो धारणा राखेका हुन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका थिए ।

विधेयकबारे बोल्दै मन्त्री गुरुङले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित गरेर प्रतिनिधि सभामा पठाएको बताए । समितिमा सत्तापक्ष र प्रतिपक्षबिच लामो छलफलपछि सहमतिमा पुगेको विधेयक राष्ट्रिय सभामा व्यापक छलफल गरेर टुङ्गोमा पुर्याउनुपर्ने उनको भनाइ छ । राष्ट्रिय सभाको अर्को बैठक वैशाख २२ गते सोमवार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =