सरकारलाई राष्ट्रिय सभाको निर्देशन- प्रिसा साह मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी उचित न्याय दिनू

काठमाडौँ । राष्ट्रिय सभाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रिसा साहको घटनाको निष्पक्ष छानबिन गरी उचित न्याय प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबारको राष्ट्रिय सभाको बैठकमा आकस्मिक र शून्य समयमा उठाएका विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बताएका हुन् ।

सर्लाहीको कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी २० बर्सिया छोरी प्रिसा बिहीबार बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० मा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेन्ड सेमेस्टरमा अध्ययनरत थिइन् । उनले एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद् पक्ष भएको बताए । नेपाल र भारत दुवै देशले कूटनैतिक माध्यममार्फत यस्ता घटना दोहोरी रहनुपर्ने कारणको गहिराइमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रूपमा सत्यतथ्य छानबिन गरी, यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराए ।

उनले भने ‘आजको बैठकमा आकस्मिक र शून्य समयमा मान्य सदस्यहरूले उठाउनुभएको भारतको उडिसाराज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआइआइटीमा अध्ययनरत छात्रा प्रिसा साहको छात्रावासको कोठामा झुन्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद् पक्ष हो । नेपाल र भारत दुवै देशले कूटनैतिक माध्यममार्फत यस्ता घटना दोहोरी रहनुपर्ने कारणको गहिराइमा गएर खोजी गर्न र आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रूपमा सत्यतथ्य छानबिन गरी, यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु । उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गर्दछु । साथै आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाउनुभएका अन्य कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीको ध्यान आकर्षण गराउँदछु ।’

उनले उक्त कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताकासाथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरे ।

आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले उठाएका अन्य कतिपय गम्भीर विषयमा समेत नियमावलीले तोकेको अवधिभित्र सभामा आइ जवाफ दिन सम्बन्धित मन्त्रीको ध्यान आकर्षण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =