दिउँसो हुरी र चट्याङसहित व्यापक वर्षा, यस्तो छ प्रदेशगत मौसम विवरण

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौंसहित देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।
हाल बिहानैदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोसी, मधेस र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको विवरणमा उल्लेख छ । मौसमविद्हरूका अनुसार दिनभर नै मौसम बदली रहनेछ । विशेषगरी कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भूभागका विभिन्न स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, अन्य केही स्थानमा पनि वर्षा हुने संकेत देखिएको छ ।
महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। भारी वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन समेत आग्रह गरिएको छ । त्यस्तै, हिमाली भेगका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना समेत प्रकट गरिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै सम्भावित बाढी, पहिरो तथा यातायातमा अवरोध जस्ता जोखिमप्रति सचेत रहन नागरिक तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
यस्तो छ प्रदेशगत मौसम विवरण :-









