कांग्रेस-एमालेले बोलाए संसदीय दलको बैठक

काठमाडौं । सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपा (एमाले) को संसदीय दलको बैठक बस्ने भएको छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि तय गरिएको छ ।

बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेका सरकारका नीति तथा कार्यक्रममाथि विस्तृत छलफल हुनेछ । साथै समसामयिक राजनीतिक विषयहरू र पार्टीको तर्फबाट संसदमा खेलिने भूमिकाका बारेमा समेत गहन विमर्श हुने बताइएको छ ।

यसैबीच, सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक पनि बस्दैछ । बैठक संघीय संसद भवनको ल्होत्से हल, नयाँ बानेश्वरमा दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सन्दर्भमा पार्टीको स्पष्ट धारणा निर्माण गरी संसदको छलफलमा सक्रिय सहभागी हुन दुवै प्रमुख दलहरू आन्तरिक तयारीमा जुटेका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको औपचारिक संसदीय छलफल आगामी सोमबारदेखि निरन्तर रूपमा हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =