एमाले संसदीय दलको बैठक शनिवार १ः०० बजे बालुवाटारमा बस्ने
२०८२ वैशाख १९ गते

काठमाडौँ । नेकपा(एमाले) को संसदीय दलको बैठक शनिवारका लागि आह्वान गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार १ः०० बजे बस्ने गरी दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संसदीय दलको बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।
२०८२ वैशाख १९ गते
प्रतिक्रिया
सम्बन्धित










